
दिवेश क्रान्ति कुशवाहा/ढल्केवर
धनुषाको मिथिला नगरपालिकामा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला विषयक गोष्ठी सम्पन्न भएको छ ।
बुधबार धनुषाको मिथिला नगरपालिका को आयोजना तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ,युनिसेफ र सेतो गुराँस महोत्तरीको सहकार्यमा मिथिला नगरपालिका -१० लालगढ स्थित पुकार होटलमा मिथिला नगरपालिकाका जनप्रतिनिधि र नगरपालिका भित्र रहेको विषयगत शाखा प्रमुखहरुको सहभागितामा प्रारम्भिक बालविकासका विविध क्षेत्रहरुका बारेमा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको हो।
नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा नगरपालिका भित्र रहेको ११ वटै वडाका अध्यक्ष सहित वडा सचिवहरुको समेत सहभागी रहेको थियो।
"गर्दै गरौं लगानी बाटो, कुलो पुल भवन र मन्दिरमा, थप गरौं लगानी प्रारम्भिक बाल विकासमा" भन्ने मुल नाराका साथ कार्यक्रम संयोजक शशी विसीले कार्यक्रम सुरुवात गरेकी थिइन्।
कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना , प्रारम्भिक बालविकासको महत्व, बालबालिकाको सर्वाङ्गीण विकास, सङ्घीय संरचनामा एकिकृत प्रारम्भिक बालविकास सम्बन्धी नीतिगत व्यवस्था , प्रारम्भिक बालविकासको विधमान अवस्थाको विश्लेषण, अगामी रणनिती, बालविकास केन्द्र आदि विषयमा लामो छलफल र प्राम्भिक बाल्यवस्थाका बालबालिका लक्षित आवश्यक न्यूनतम सेवाको अवस्था र चुनौती पहिचान गर्नका लागि सुचकहरु समेत तयार गरिएको थियो।
साथै मिथिला नगरपालिका भित्र रहेको सबै वडाअध्यक्ष र वडा सचिवहरुले एकीकृत प्रारम्भिक बालविकास कार्यक्रम प्रस्तावित कार्यक्रम तथा बजेटको खाका प्रस्तुत गरेका थिए। जसअनुसार मिथिला नगरपालिका भित्र रहेका १ देखि ११ वटै वाडा को जम्मा १ करोड ११ लाख ६० हजार अनुमानित बजेट प्रस्तुत गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले सडक, विधालय र मठमन्दिर बनाउने काम मात्र विकास नभएको हुँदा बालबालिका लगानी गर्नु पर्ने आजको आवश्यक्ता देखिएको बताए। उनले गर्भ अवस्था देखि ८ वर्ष सम्मको बालबालिकालाई सर्वाङ्गीण विकास गर्यौ भने भोलिको दिनमा सोही बालबालिकाले आफै मठमन्दिर र बाटोघाटो निर्माण गर्न सक्षम हुने बताए।
नगर प्रमुख महतोले भने, 'जसरी घर बनाउन जग बलियो हुनुपर्छ, त्यसैले राष्ट्र बलियो बनाउन प्राम्भिक बालविकास मा जोड दिनु पर्दछ । "सुखी नेपाली, समृद्ध नेपाल" दीर्घकालीन सोच हासिल गर्न बालबालिकामा लगानी गर्नु पर्ने अहिले आवश्यकता रहेको छ ।'
कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं-१ का वाडा अध्यक्ष जोगी महतो, वार्ड नं-२ का वाडा अध्यक्ष बिहारी महतो, वाडा न-४ का वाडा अध्यक्ष चन्द्र ब. बुलन , ५ का वाडा अध्यक्ष रामचन्द्र महतो, ७ का वाडा अध्यक्ष रामबहादुर स्याङ्दान,वाडा न-८ का वाडा अध्यक्ष विरेन्द्र महतो, ९ का वाडा अध्यक्ष दिपक जंग थापा, १० नम्बर वाडा का वाडा अध्यक्ष सविन विक्रम थापा , ११ का वाडा अध्यक्ष वेद बहादुर कार्की सहित सबै वाडाको वाडा सचिवहरु, तालिम अधिकृत रामा थपलिया, सेतो गुराँस संस्थाको मिथिला नगरपालिका को संयोजक बबिता खड्का ,मिथिला नगरपालिका शिक्षा शाखा प्रमुख सिता काफ्ले, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रिवास्तव , स्वास्थ्य शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, बहुक्षेत्रीय पोषण योजना कार्यक्रम प्रमुख , शिक्षक विश्वनाथ महतो,मिथिला नगर बाल संजाल अध्यक्ष लगायत नगरपालिका भित्ररहेको शाखा का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।