
बलवा नगरपालिका भित्र नातावाद, कृपावादलाई हटाउनुस, पालिकामा रहेको केहि राजनीति संग आवद्ध शिक्षकहरुलाई कार्वाही को दायरामा ल्याउनुस, करारमा नियुक्ति लिएका शिक्षकहरुको प्रमाणपत्र छानबिन गर्नुस् । बलवा नगरपालिकाको शिक्षामा आमूल परिवर्तन ल्याउन को लागी यो सुझावहरु लाई कार्यनयन गर्नुस् !!
१) तह/ श्रेणीको हिसाबले प्र.अ नियुक्त गर्नुस।
२) स्थायी, योग्यता शिक्षकहरुलाइ मात्र प्र.अ बनाउनुस तब मात्र गुणस्तरीय शिक्षाको आशा राख्नुस।
३) पार्टी/ दलका शिक्षकहरुलाइ तुरन्त खारेज गर्नुस।
४) योग्यता पुगेका अनुसारको शिक्षकहरु मात्र राख्नुस।
५) नियमित अनुगमन गर्नुस।
६) रजिस्टरमा ५०० जति बिद्यार्थी उपस्थित ७०/१०० को बिचमा मात्र उपस्थितलाई मात्र खाजाको रकम दिनुस।
७) दिवाखाजाको नियमित अनुगमन गर्नुस बढी घोटाला हुदैछ म केहिमा हेरेको छु।
८) निजामती सरह शिक्षकलाई पालिकागत सेवा सुविधा केही थप गर्नुस।
९) शिक्षकलाई माशिक तलबको ब्यवस्था गर्नुस।
१०) बिधालय र शिक्षक प्रशन्सा मुखी कार्यक्रम ल्याउनुस।
११) पालिकाबाट निरक्षरता हटाउनुस।
१२) बिधालयको रसिद सहित आमदानी हेनुस।
१३) नेपालको संविधान धारा ३१ मा शिक्षाको हक अनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म निशुल्क दिने पठनपाठनको ब्यवस्था गरिएको छ कार्यन्वयन गर्नुस र गराउनुस। धन्यवाद ।