
जनकपुरधाम- धनुषा जिल्ला आदालतमा ओम प्रकाश महतो (दिलिप)को न्यायको छिनोफानो चाडै होस् र दिलिप लाई न्याय देउ भन्दै युथ एसोसिएसन नेपाल र नेपाल तरुण दल धनुषा जनकपुरधाम नगर कमिटीको संयुक्त आयोजनामा प्रदर्शन गरिएको छ।
धनुषाको मिथिला नगरपालिका -५ श्रीपुर निवासी रामजीबन महतोका छोरा ओम प्रकाश महतो (दिलिप) लाई २०७६ पौष २५ गते राति, दिलिप घर नजिकै रहेको औरही खोलामा अवैध रुपमा खोला उत्खनन भईरहेको बारे सुचना दिइ ,खोला मा बोलाएर मार्ने योजना बनाए अनुरुप , दिलिप लाई त्यहाँको क्रसर माफियाहरुको समुहले फलामको लिभरले कोखमा हानेर घाइते बनाइ हत्या गरेको थियो। सोही घटनालाई लिएर धनुषा जिल्ला अदालतमा १३औ पटक पेसी सर्दा पनि दिलिपको परिवारले न्याय नपाएको अवस्था छ।

बारम्बार दिलिप घटनाको पेसि सार्ने अदालतको रबैयाको विरुद्ध, न्यायको लागि, सत्यको लागि, सांकेतिक विरोध तथा दवावमुलक कार्यक्रम गरिएको कुरा युथ एसोसिएसन अफ नेपालका प्रतिनिधि राजकुमार महतोले बताए । उनका अनुसार यसरी हामी अभियानीहरु आवाज उठाउँदै आएता पनि सरकारले काम नसुनेझैं अभिनय गरिरहेको र दिलिप लाई मार्ने त्यो चुरियामाई बालुवा प्रसोधन उद्योग अहिले पनि चलिरहँदा यस्तो लाग्छ कि राज्यसत्ता र शक्ति केन्द्रको हातबाट नै दिलीपको दिनँहु हत्या भईरहेको कुरा जिकिर गर्नुभयो। साथै समाजिक कार्य मा अगाडि रहेन प्रयावरण अभियानी जो आफ्नो लागी मात्र हैन समाजको लागी सोच्ने युवा सँग यस्तो घटना हुनु दुखद हो जब सम्म दिलिप लाई न्याय पाउदैन हामी आन्दोलन गर्ने तरुण दल नगर कमिटी सह सचिव बलराम प्रसाद गुप्ता ले बताए ।
आज बुधबार धनुषा जिल्ला अदालतमा १४औ पटक सुनवाई हुदा पनि फैसला हुन सकेको छैन।
न्यायको लागि दबावमुलक कार्यक्रम मा युथ एसोसिएसन अफ नेपाल बाट राजु महतोको नेतृत्वमा नेपाल तरुण दल धनुषा जनकपुरधाम नगर कमिटी सह सचिव बलराम प्रसाद गुप्ता ,अजय झा, मनिष यादव, ईन्दर्जित गोइट लगायत युवाहरु उपस्थित भएको थियो ।