
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं. ७ का बगर खेतीका कृषकहरुलाई विउविजन तथा कृषि औजार सामग्रीहरु वितरण गरिएको छ ।
USAID Local Works Mahottari परियोजना अन्तर्गत करेला,घिरौला,फर्सी,लौका,बोडी,काक्रा सहितका विउविजन, स्प्रे मेसिन,कोदालो (सानो र ठुलो),हजारी,नर्सरी प्लाष्टिक सहितको विभिन्न कृषि सामग्रीहरु ३०(तिस) जना बगर खेतिका कृषकहरुलाई आज एक समारोह वीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गर्नु भयो ।

मटिहानी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जीतनारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाविस पूर्व अध्यक्ष रामवकुमार मण्डल,परियोजनाका व्यवस्थापक प्रसिद्ध पोखरेल,कृषि शाखा प्रमुख टंकप्रसाद उपाध्याय लगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।