
जनकपुरधाम- पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह दैनिक महागंगा आरतीमा सहभागी भैई गंगा पुजन गरेका छन्।
जनकपुरधामको पवित्र सरोवर गंगासागरमा संचालित दैनिक महागंगा आरतीमा परिवार सहित धार्मिक यात्रामा अाएका पुर्व राजा शाहले माता जानकी र माता गंगाको संकल्प पुजा गरेका छन्।

गंगासागरमा संचालित गंगा अारतीको मनोरम दृश्य देखेर पुर्व राजा शाह मंत्रमुग्ध भैई गंगा आरतीको प्रशंसा गरेका छन्।

पुर्व राजा शाह भोलि विहान जानकी मन्दिरमा माता जानकी जीको विशेष पुजापाठ गर्ने कार्यक्रम रहेकोे छ।