
महोत्तरी- बर्दिवास उद्योग वाणज्यि संघको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। नव निर्वाचित अध्यक्ष, पदाधकिारी सदस्यहरुलाई एक समारोहका बीच निर्वाचन समितिका संयोजक टिका ध्वज खडकाले पद तथा गोपनियताकाे सपथ ग्रहण गराउएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दिवास नगरपालिका प्रमुख प्रहलाद कुमार क्षेत्रीले उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्ने गरि कदम चाल्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।
उनले निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थागत विकासमा लाग्न आग्रह गरे । बर्दिवास नगरपालिकाको विकासको हरेक पाईलामा नगरको साथ सहयोग रहने नगर प्रमुख क्षेत्रीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई आश्वासन दिए । बर्दिवास उद्योग वाणिज्य संघको स्थापना काल देखि नै यहाँका व्यापारी वर्गहरु वाट भरपुर सहयोग भएता पनि पूर्व समितिले गर्न नसकेका धेरै कार्यहरुमा नव नविार्चति कार्यसमितिले गर्ने विश्वास व्यक्त गरे । मेयर क्षेत्रीले भने, "२०६४ सालमा बर्दिवास उद्योग वाणिज्य संघ स्थापना भई पुर्व कार्यसमितिले दर्जनौ काम गरेको सबै व्यपारी वर्गलाई अनुभुती भएको छ ।

म आफु अध्यक्ष हुँदा सबैभन्दा बढी साथ र सहयोग उद्योग वाणिज्य संघ मार्फत नै पाएको हुदाँ अगामी दिनहरुमा यसलाई निरन्तरता दिने छु ।" बर्दिवास सहरलाई विकास गर्नका लागि बर्दिवास नगरपालिकाले धेरै कार्यहरु गरेता पनि अझ अगामि दिनहरुमा सुन्दर र शान्त बर्दिवास वनाउन नगरले हातेमालो गर्ने नगर प्रमुख क्षेत्रीले प्रतिवद्धता जनाए। उक्त कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य शारदा देवी थापाले निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बर्दिवासको विकासमा जुन किसिमले पुर्व कार्यसमितिले कामहरु गरे अब त्यस भन्दा पनि राम्रो ढंगले गर्न सुझाव दिइन् ।
देश भरी बर्दिवासलाई चिनाउनका लागि बर्दिवास उद्योग वाणिज्य संघले खेलेको भुमिका र मधेश आन्दोलन देखि कोरोना लकडाउनमा खेलेको भुमिका प्रति पुर्व कार्यसमतिलिाई विशेष धन्यवाद दिइन् । हरेक क्षेत्र वर्ग लिंग वाट समावेसी कसिमिको कार्यसमिति निर्वाचित भएकोमा यस न्याय पूर्ण ढङ्गले क्रियाकलापमा सघाउन नगरका सम्पूर्ण व्यपारीवर्गलाई अग्रह गरिन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्णु खडकाले संस्थाको गरिमालाई उच्च राख्दै संस्थागत विकासका लागि आफूले हरसम्भव काम गर्ने बताए । उनले भने, "उद्योगी व्यवसायीहरुका समस्यालाई मैले नजिकबाट नियालेको छु, त्यस्ता समस्या हल गर्नुनै मेरो पहिलो प्राथमकिता हुनेछ ।" खड्काले आफ्नो कार्यकालमा बर्दिवास नगरपालिकाका व्यापारीहरुका हरेक समस्यामा साथ दिने र बर्दिवासका व्यपारीहरुलाई भई रहीत व्यवसाय चलाउन म र मेरा टिम साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्णु खडका सहित सदस्य पदमा सन्तोस सिंग्देल, चन्द्र बहादुर खड्का विनोद , सुरज खड्का, शैलेश दाहाल, दिपक कार्की, चौधरी महतो, रंजित राज ढुङ्गाना, उत्तम कुमार श्रेष्ठ, बेचु बल, गुन्ज बहादुर कार्की, संतोस कुमार श्रेष्ठ र उषा ढकाल सहित नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका हुन् । अध्यक्ष खड्कालाई गौतमले दिए शुभकामना बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी कृष्ण गौतमले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार बर्दिबासमा आयोजित कार्यक्रममा गौतमले बर्दिवास उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित विष्णुबहादुर खड्का सहित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । ‘निर्वाचनमा एक पक्षले जित्नु, अर्को पक्षले हार्नु स्वभाविक हो । मैले पाएको मतको कदर गर्दै अब पदमा रहँदा पनि नरहँदा पनि व्यापारी साथीहरूको अनवरत सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘तीन वर्षको अवधिमा आफ्नो समूहबाट निर्वाचित भएका सदस्यहरुलाई पनि सम्मानजनक व्यवहार गरिदिन उनले नवनिर्वाचित पदाधिकारीसँग आग्रह गरे ।

संघको निर्वाचनमा दुबै तर्फका उम्मेदवारको घोषणापत्रलाई एकै ठाउँमा राखेर संघले काम गर्ने उनले विश्वास व्यक्त गरे । ‘नवनिर्वाचित यी जल्दाबल्दा पदाधिकारीले बजारका समस्यादेखि लिएर घरभडा तथा बैंकहरुको ब्याजदरलाई समाधान गरेर विभिन्न घोषणापत्रका कार्यक्रम तपाईंहरुले पूरा गर्दिनु हुन्छ भने आश राखेको छु । मेरो आवश्यकता परे बोलाको बेला जतिखेर पनि म उपस्थित भएर तपाईहरुको यो टिमलाई सहयोग गर्ने बाचा गर्दछु,’ उनले थपे ।