
बिष्णु यादव,गौशाला। महोत्तरीको जिल्लाको औरही नगरपालिकामा बाल संबेदनशील अभिभावकत्व कार्याक्रम सम्बन्धि सहभागीहरुको लागी दिक्षान्त समारोह सम्पन्न भएको छ ।

महोत्तरी जिल्लाको औरही नगरपालिका २ स्थित रहेको श्री प्रसाद सिंह माबि बिधालय औरहीको सभा हाँलमा औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का प्रमुख आतिथ्य,नगर उपप्रमुख रेणु झा विशिष्ट आतिथ्य त्यसै गरि आतिथ्यमा वडा नम्बर २,३,६ का वडा अध्यक्ष लगाएत उक्त कार्यक्रममा बिधालयका प्राध्यापक शिवासरण यादवको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको फिल्ड अधिकृत शिब प्रसाद शर्माले जानकारी दिनुभयो ।

सेभ द चिल्डेनको आर्थिक सहयोग तथा प्राबिधिक सहयोग , सिएफडब्लुएको संचालन तथा औरही नगरपालिकाको समन्वयमा औरही नगरपालिकाको वडा नम्बर १ देखी वडा नम्बर ६ सम्म पहुच परियोजनामा सञ्चालन भएको छ । बाल संबेदनशील अभिभावकत्व कार्याक्रममा सहभागी भएका ६० जना महिलालाई प्रमाण पत्र प्रदान गरीएको प्रेग्राम कोर्डिनेटर मोहन बुर्जा मगरले बताउनु भयो ।

परियोजनामा ५ बर्ष मुनिका बालबालिकाहरुलाई हेरचाह,स्याहार,पोषणयुक्त खाना सम्बन्धि तालिम दिएको औरही नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सविना कुमारी यादवले बताईन । उक्त समारोहमा उदधोषण भने फिल्ड अधिकृत सरिता महतोले गरकी थिईन ।





