महोत्तरी – महोत्तरीको औरही नगरपालिका स्थित एक पसलमा आगलागी भई क्षति भएको छ।
औरही नगरपालिका ७ सोनामाई भोईल चौकमा महालक्ष्मी इन्टरप्राइजेज नामक मोटरसाइकल ग्यारेजमा आगलागी भएको महोत्तरी प्रहरीले जनाएको छ । उक्त पसल स्थानीय दिपेन्द्र साहले संचालन गर्दै आएको हो ।



आगलागीबाट मोटरसाइकल ग्यारेजमा मोटरसाईकलका पार्टपुर्जा, एस्पेयर पार्ट लगायत ग्यास चुलाहामा प्रयोग हुने रेगुलेटर प्याइप समेत जलेर नस्ट भएका छन् । महालक्ष्मी इन्टरप्राइजेज संचालक साहका अनुसार करिब ८ लाख जतिको क्षतिको भएको छ । साहका अनुसार पसल आफुले बन्द गरेर घर गएको बेला स्थानीयहरुले खबर गरेका थिए।
साहका अनुसार पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।




