
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरको वडाकार्यालय पहल र नेपाल युथ फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालित बिल्डिंग इलेक्ट्रीशियन तालिमको उद्घाटन विधिवत रुपमा भएको छ ।
पशुपतिनगरको पथलैया बजारमा आजबाट संचालन भएको तालिमको वडाध्यक्ष घुरण महतो र नेपाल युथ फाउण्डेसन नेपालकी व्यवस्थापक लक्ष्मी घिमिरेले संयूक्त रुपमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् । बिल्डिंग इलेक्ट्रीशियन तालिम तीन महिनाको हुनेछ ।
यस तालिममा महोत्तरीस्थित बिभिन्न वडाका बेरोजगार युवायुवती गरि २० जनाको सहभागितामा तालिम हुनेछ । वडा अध्यक्ष महतोले जिल्लका बेरोजगार समस्या समाधानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको छ । यस कार्यक्रममा स्थानीय स्तरमा वा देशविदेशमा बसेर भएपनि व्यवसायीक रूपमा लान बिभिन्न तालिमहरु वडाले प्रदान गर्न तयार रहेको बताए ।
यस तालिमबाट दक्ष जनशक्तिको आय आर्जन बढ्ने छ भन्ने विश्वा जनाउदै अध्यक्ष महतोले भने,‘साथै आउने दिनमा एड्भान्स कोर्षको तालिम गराउने हामी प्रतिवद्घ छौं ।’ नेपाल युथ फाउण्डेसन नेपालकी व्यवस्थापक घिमिरे बिल्डिंग इलेक्ट्रीशियन तालिम सञ्चालनसम्बन्धी जानकारी दिएका थिए ।