
जनकपुरधाम- संघीय सरकारका लागि हालै निर्माण भएको गठबन्धनमा रहेको जसपाले मधेश प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
उच्च स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको सहमतिमा मधेश प्रदेशको सरकारको नेतृत्व जसपाले गर्ने सहमति भएको छ ।
सरकारको नेतृत्व पाएका जसपामा दलको नेता बन्न हानथाप सुरु भएको छ ।स्रोतका अनुसार जसपाले मुख्यमन्त्री र २ जना मन्त्री पाउने छ ।प्रदेश सरकारमा एमालेबाट बढी मन्त्री रहने छन् ।
सरकारमा माओवादी र जनमत पार्टीको पनि सहभागिता हुनेछ । जसपा संसदीय दलको नेता चयन भएपछि मात्र मधेश प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ ।