महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका ५ स्थित पुरानो बाणिज्य बैक भएको भवनको तल्लो तल्लामा संचालित रहेको चाँदनी रेडिमेड पसलमा आगलागी हुँदा करिब ११ लाख रुपाैयाँ बराबरकाे क्षति भएको छ।
स्थानीय कमलेश मंडलले सञ्चालन गरेकाे सो पसलमा मंगलवार साझ करिब ७ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब ११ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रंजन मिश्रले जनाएको छ।
पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक मण्डलले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।