
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसाप) नेपालको मधेस प्रदेशसभाको संसदीय दलको नेता भोली शुक्रबार चयन गरिने भएको छ ।
जसपाका नेता लालकिशोर साहको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले शुक्रवार संसदीय दलको नेता चयनका लागि तयारी गरेको हो ।
आज विहिवार जनकपुरधाममा संसदीय दलको नेता चयनका लागि सांसदहरूको बसेको बैठकले संसदीय दलको विधान पारित गरेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए । साहले विधान पारीत भई सकेको हुँदा अब शुक्रबार दलको नेता चयन गरिने बताए ।
साहले भने, “जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको छ।”
मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ ।