सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा माध्यमिक विद्यालय (बोर्डिङग स्कूल) मा एक शिक्षिकाले किशोरीलाई स्प्रीट खुवाईदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको छ ।
शुक्रबार सो विद्यालयमा पढन गएकी सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ बर्षिय छोरी सिर्जना कुमारी महरालाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाईदिएपछि मृत्यू भएको हो ।कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्साललाई दुःखेसो पोखिन् ।



शिक्षिका लम्सालले उनलाई एक टयाबलेट (गोटी) औषधी दिँदै पानीको सट्टा स्प्रीट खुवाएको आरोप परिवारजनको छ ।शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधी भनेर एक टेबलेट दिएको र कोल्ड ड्रिन्क माउन्टेन डीउको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्प्रीट नै खुवाईदिएको बताइएको छ । सो बोतलमा स्प्रीटको गन्ध लागेपछि लम्सालले सिर्जनालाई सो स्प्रीट खान भनेकी थिईन् ।
उनले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्प्रीट खुवाएकी थिईन् ।दिएको टेबलेट र स्प्रीट खाएपछि उनको शरिरमा रिएक्सन सुरु भएको थियो । उनी हिडन समेत नसक्ने अवस्थामा भएपछि उनलाई घर पुरयाईएको थियो । अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरियो ।
त्यहाँ लैजाँदा उसको छातीको फोक्सो सेतो भईसकेको, आँखाको नानी स्थिर भईसकेको उपचारमा सँलग्न चिकित्सक डा. श्याम साहले बताए ।उनले स्प्रीटकै रिएक्सन यस्तो हुन नसक्ने बताउँदै उनको शरिरमा विषजन्य पदार्थ गएको बताएपनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टबाट मात्र थाहा हुने प्रतिक्रिया दिए ।शिक्षिका लम्सालले केको औषधी दिएको र किन यस्तो भएको बारे अझै खुलेको छैनन् । यता, परिवारजनले शिक्षिका लम्सालले नै स्प्रीट र गलत औषधी दिएर मारेको आरोप लगाएका छन् ।
अहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको शव पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी भईरहेको बताईएको छ । थप विवरण आउन बाँकी छ ।




