
काठमाडौं - सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रमलाई सोमबारको मन्त्रिपरिषद बैठकले पारित गर्दै २७ पुसमा बिदा दिने निर्णय गरेको हो । न्यूनतम साझा कार्यक्रममा २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो ।
नेपालको भौगोलिक एकीकरण गरेका गोरखाका राजा पृथ्वीनारायण शाह को जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा दिदैं आएको सार्वजनिक बिदालाई २०६२/०६३ सालको जनआन्दोलनपछि कटौती गरिएको थियो ।
यसअघि सत्ता साझेदार दल राप्रपाले सरकारलाई समर्थन दिन २७ पुसमा सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
