काठमाडौँ — पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।



पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो ।

प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस ७ गते यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो।




