जनकपुरधाम- एमालेबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोलाई पक्राउ गर्न सरकार माथी कांग्रेस सहितका दलहरुले दबाब दिइरहेका बेला जनकपुरधाममा सांसद महतोको पक्षमा प्रदर्शन भएको छ ।
नागरिक समाज जनकपुरधामको ब्यानरमा एक समुहले जनकपुरधाममा प्रदर्शन गर्दै जनताबाट निर्वाचित समाजसेवी समेत रहेका महतो माथी झुठा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता गरि महतोलाई संसदमा जनताको हितमा काम गर्न दिन मांग गरेका छन् ।
मधेश आन्दोलनताका अगुवा समेत रहेका महतोलाई नियोजित तरिकाले फसाउन अहिले षडयन्त्र भइरहेको उनीहरुको आरोप छ । आफना क्षेत्र र महोतरी जिल्लामै जनताका सेवकको छवि बनाएका महतोलाई अहिले एमालेबाट जितेकै कारण विभिन्न शक्तिहरु फँसाउन लागि परेको उनीहरुको बुझाई छ । अप्रत्यासित रुपले जनताको मतबाट महतो जितेपछि उनी माथी षडयन्त्र सुरु भएको हो, जुलुसमा सहभागि एक युवा अगुवाले बताए ।
एकातिर थारुको मन जितेका अगुवा नेता रेशम चौधरीलाई फँसाएर जेलमा राखिएको र अव चुनाव जितेकाले नै महतोलाई पनि फँसाउने काम भइरहेको छ, उनीहरुको दावी छ । महतो सांसदमा हार्दा सम्म सबैको प्यारो तर आज जनप्रतिनिधी भइसके पछि अपराधी ? यसैले पनि दालमा काला सपष्ट भइरहेको उनीहरुको भनाई छ ।
चौधरी, महतो सहित जनतामा लोकप्रिय नेताहरु सहित मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु तुरन्त फिर्ता गर्न उनीहरुले मांग गरेका छन् ।