जनकपुरधाम- आज तीन वटा प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केहि उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ।
विहान देशका तराईका केही भूभागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



राति प्रदेश नम्बर एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।




