
महाेत्तरी(औरही)- मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको कुरा बताएका छन्। मटिहानी नगरपालिकाको मटिहानी रंगशालामा आज देखि सुरु भएको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्वघाटन गर्दै उनले खेलकुदले बिद्यार्थीको आत्मबल बढाउनुको साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने बताए ।
मटिहानी न.पा. वड़ा नं.-७ का वड़ा अध्यक्ष जितनारायण माझी सभापतित्वमा सम्पन्न कार्यक्रममा लो.स.पा. नेपालको केन्द्रीय सदस्य राम कुमार शर्मा ने.का.का. उपेन्द्र चौधरी,स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल लगायतका वक्ताहरुले आफ्नो मंतव्य व्यक्त गरेका थिए।
दुई दिन सम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा सहभागी रहेका छन । प्रतियोगितामा भलीबल,कब्बडी, दौड़ ,हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताए।
उक्त समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका क्रमशः वड़ा नं. २,३,४,५,६,७ र ८ का वड़ा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु ,वड़ा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू ,बिभिन्न विद्यालयका प्र.अ.हरू ,शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
(फोटोहरु)











