
जनकपुरधाम- जनकपुरधामको शहिदचोकस्थित दुईवटा पसलमा भीषण आगलागी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ शहिदचोकस्थित जानकी ग्लास र सिटि प्लाई एण्ड हार्डवेयर पसलमा भीषण आगलागी भएको हो ।
स्थानीय बिमल साह र दिपक साहले आफ्नो एकतले घरमा सञ्चालन गरेको पसलमा अचानक विद्युत सर्ट भएर शुक्रबार राति करिब १२ बजेर ३५ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
आगलागीबाट पसलमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा करिब १ करोड बराबरको क्षति भएको पीडित पक्षले बताएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।