धनुषा- धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजय कुमार यादव रहेको छ ।



जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले दुई मोटर साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको जानकारी दिनुभयो । उहाँले विपरित दिशाबाट आइरहेको एउटा मोटरसाइलले अर्को मोटरसाइकललाई ठक्कर दिंदा भएको दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु भएको बताउनुभयो ।
सबैला नगरपालिका-९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युवकको घटनास्थल मृत्यु भएको हो ।
दुर्घटनामा परी एकजनाको खुट्टा पूणर्रुपमा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिबार साँझ भएको उक्त दुर्घटनामा सबैला नगरपालिका-७ चौरियामटहि बस्ने जितु ठाकुर बरहि र सोहि नगरपालिका वडा नम्बर-५ मखनाहा बस्ने २२ वर्षीय सुरज मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सबैला नगरपालिका-१० बस्ने २५ वर्षीय मनोज यादव र २४ वर्षीय रविन्द्र मण्डलको अवस्था भने सामान्य रहेको छ ।




