
महोत्तरी- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक वचाउ अभियानका अभियन्ताहरुले मधेशको महोत्तरीमा कार्यक्रम आयोजना गर्ने भएका छन । अभियानका संयोजक दुर्गा पर्साइको सहभागीतामा १७ फाल्गुनमा कार्यक्रम आयोजना गरिने आयोजक पक्षले जानकारी दिएको हो ।
महोत्तरीस्थित बर्दिबासमा आयोजना गरिने उक्त माहाअभियानमा दुर्गा पर्साइलाइ मुख्य बक्ताकोरुपमा बोलाइएको छ । अन्य सामाजिक अभियन्ताहरु जोडिने भनिएको उक्त कार्यक्रममा बित्तिय संस्थाहरुले व्यापारीहरुलाइ लगाएको चर्को व्याज, बेथिती र बिकृतिका बिषयमा जागरण चलाउने कार्यक्रम संयोजक दिपक कार्कीले जानकारी दिए ।
पुर्व राजा ज्ञानेन्द्र साहलाइ झापामा भएको एक कार्यक्रममा सहभागी गराएको आरोपमा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका दुर्गा पर्साइलाइ पाटीले यसअघि नै कारवाही गरिएको छ । ज्ञानेन्द्र साह सहभागी गराएर सुरु गरिएको यो अभियान आफैमा विवादास्पद वनेको छ । अभियानको नाममा पर्साइले राजतन्त्रको वकालत गर्न सुरु गरेको पनि आरोप लाग्ने गरेको छ ।