
दुबई- फरवरी २६ तारिक दुबईमा मधेशी एकता समाज, युएई द्वारा आयोजित होली धमाका २०२३ प्रोग्राम होलिडे इन होटेल बुर्जुमानमा प्रिती पासवान संगै कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु तथा युएईका स्थानीय नेपाली कलाकारहरुको दमदार प्रस्तुतिले होली धमाका २०२३ सम्पन भएको छ ।

कार्यक्रमहलमा नेपाली, हिन्दी, मैथिली र भोजपुरी गीत संगीतले दर्शकलाई कलाकारहरुले भरपुर मनोरंजन गराएको थिए । गायक देवेन्द्र सोनी, शिवानी भगत तथा देव अहिररावको गायन तथा नेपाली बोयज को फेमस ब्रेक डान्सको बेजोड प्रस्तुतिले हल तालीको आवाज ले गुन्जिएको थियो ।
कार्यक्रम मा प्रिती पासवान को दमदार नृत्य लाई दर्शकहरु धेरै मन पराए। टिकटक र सामाजिक सञ्जाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भएकी कलाकार हुन प्रिती पासवान ।

नेपाली तथा युएईका रास्ट्रिय गानका साथ कार्यक्रमको आरम्भ भएको थियो । कार्यक्रममा मधेशको सर्वमान्य चिन्तक, स्वतन्त्र बुद्धिजीवी, मार्गदर्शक श्री सी के लालले आफ्नो मन्तब्य राख्दै मधेश तथा मधेशीको बारेमा आफ्नो धारना व्यक्त गरेका थिए। मन्तब्य कै क्रममा समाजका पुर्व अध्यक्ष श्री मुकेश झा तथा समाजका संस्थापक सदस्य डाक्टर श्री रबिन्द्र यादवले पनि संस्थाको सुरु देखि अहिले सम्मको यात्राबाट अवगत गराए।
संस्थाकी नेपाल संयोजक श्रीमती डाक्टर बोबी यादवले संस्थाले नेपाल मा गरेका कार्य बिबरण दर्शक समक्ष पेश गरेकी छिन। कार्यक्रममा गैर आवासीय नेपाली संघका मध्य पूर्व संयोजक मनोज गोर्खाली तथा मध्य पूर्व उपसंयोजक राजु के शी, गैर आवासीय नेपाली संघ युएई का अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, नेपाली समाज युएई का सचिव प्रकाश दत्त बड़ू, नेपलिज मुस्लिम सोसाइटी युएई का अध्यक्ष नौमान सिद्दीकी, गैर आवासीय नेपाली संघ युएई का महासचिव दीपक खड्का, उपाध्यक्ष जीवन दास, नेपाल जनसम्पर्क समिति युएई का सभापति भुवानी प्रसाद तिमिल्सिना , अन्तरार्ष्टिट्रय नेपाली कलाकार समाज (इनास) युएई का अध्यक्ष एम डी बोहरा, समाजसेवी कृष्णा पौडेल तथा केशव शर्मा नेपाल को साथै पत्रकार उमाकांत पांडे को सहभागिता रहेको थियो ।

नेपालबाट आएका अतिथि कलाकारहरु, युएईका स्थानीय नेपाली कलाकारहरु का साथैै समाजलाई बिभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मानपत्रबाट सम्मान समेत गरिएको थियो ।

संस्थाका अध्यक्ष कृष्णा ठाकुरले सबै कलाकार, अतिथि तथा दर्शकलाई धन्यबाद दिदै कार्यक्रमलाई समापन गर्नु भयो ।
अध्यक्ष ठाकुरले मधेशी एकता समाज युएईलाई आगामी दिनहरुमा अझ श्रममैत्री बनाउदै आफ्नो क्षेत्र तथा समुदायबाट आउनुहुने सबैलाई सस्थामा जोड्दै जाने योजना रहेको बताउनुभयाे।
उहाँले युएईमा रहेका बिभिन्न संघ सस्थाहरु संग हातेमालो गर्दै सामाजिक तथा मानबिय सहयोगका कार्यहरुमा हाम्रो समाज पनि सकृय भएर साथ सपोर्ट रहने प्रतीबद्द्ता समेत ब्यक्त गर्नुभयो।