जनकपुरधाम- मधेस प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा नाथु प्रसाद चौधरीलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा उपाध्यक्षमा चौधरीलाई नियुक्त गरिएको हो । सदस्यहरुको नियुक्ति भने अहिले बाँकी रहेको छ ।
निर्वाचन पश्चात लालबाबु राउत नेतृत्वको सरकार फेरिएपछि तत्कालिन उपाध्यक्ष डा. भोगेन्द्र झाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।
प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगको उपाध्यक्षमा चौधरीलाई नियुक्त गरिएको हो ।
प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारी सहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।