
रजत कायस्थ/ जनकपुरधाम
मधेस प्रदेशको राजधानी जनकपुरधाममा सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरूको प्रथम मधेश प्रदेश सम्मेलन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेश प्रदेशका आठ ओटा जिल्लाका १३६ वटै स्थानीय तह मध्ये बाट हरेक पालिका का दुई वटा विद्यालयबाट एक- एक जना गरी महिला र पुरुषलाई विद्यालय व्यवस्थापन सदस्यहरुलाई बोलाइएको थियो ।
विद्यालय व्यवस्थापन र सदस्हरुलाई क्षमता अभिवृद्धि बारेमा छलफल गर्दै पहिलो अधिवेशन सम्पन्न गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले आधारभूत शिक्षालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सामुदायिक विद्यालयहरूलाई सबल बनाउनुपर्ने बताएका छन् ।मन्त्री यादवले आधारभूत शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन आवश्यक रहेको औँल्याए । उनले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए । उनले सामुदायिक विद्यालयको स्तरोन्नती लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारी समेत गराउनुभएको थियो।
गुणस्तरिय शिक्षा र सामान्य रूपमा शिक्षा व्यवस्थापन गर्नका निम्ति र विद्यालय बाट बाहिर रहेका विद्यार्थीलाई पूर्ण रूपमा पठन पाठन गराउन राम्रो गुणस्तरिय शिक्षा प्रदान गर्न यही सँगै विद्यालयको भूमिका, शिक्षकको भूमिका बारे छलफल गरिएको छ।
साथै विद्यालय ब्यवस्थापन समिती महासंघ मधेश प्रदेशको नयाँ कार्य समिती पनि चयन गरिएको छ।
गुणराज मुक्तानको संयोजकत्वमा समिति चयन गरिएको छ भने सदस्य तर्फ रक्की प्रसाद शाह र देवी खडका चयन भएका छन्।
यही सँगै सामुदायक विद्यालय व्यवस्थापन समिती महासंघ नेपाल मधेश प्रदेशको नयाँ कार्य समिती मा २१ सदस्यीय समिति चयन गरिएको छ।
दुगो नन्द ठाकुरको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा महेश राय,सचिव राम पुकार यादव,कोषाध्यक्ष चन्द्रकली देवी मलह रहेका छन भने सदस्यहरु मा तबारक दर्जी,अशोक कु. मिश्र,रामचन्द्र महतो,मेनुका पोखरेल ,दिपेन्द्र प्र. पडेल , रामायण चौधरी , वन्धु शाहा तेली, अनिता भाटा, कल्पना राजमेर, सुदिप महतो, रन्जु मण्डल (वह), दिनेश पुण्यादव, मूलिता देवी मण्डल , शिया शरण यादव,अरुण कुठ यादव, चन्देख, दिपेन्द्र कुठे कुशहवा, महन प्रसाद, महेश सार्टक वोहोरा रहेका छन्।
विद्यालय व्यवस्थापन समिती महासंघ मधेश प्रदेशको प्रथम सम्मेलन र अधिवेशन कार्यक्रमका आयोजक सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश कार्यसमिति मधेश प्रदेश रहेको थियो भने शिक्षा विकास निर्देशनालय मधेश प्रदेश र प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, असमान नेपाल, भियसो, पिपुल इन नीड, गर्ल्स एजुकेशन चललेन्ज उकेआईडी, गुड नेइबरको संयुक्त सहयोगमा कार्यक्रम गरिएको थियो ।