
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले विद्यालय र शैक्षिक क्षेत्रको विकास गर्ने आफू प्रतिबद्ध रहेको कुरा बताउनु भएको छ ।
मटिहानी नगरपालिका वडा नम्बर १ सानो धिरापुरमा रहेको जनता आधारभूत प्राथमिक विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने पक्की विद्यालय भवनको शिलान्यास गर्नुहुँदै उहाँले अब बन्ने विद्यालय भवनले शैक्षिक गुणस्तर र पठन-पाठनमा सहयोग पुग्ने भन्नुभयो ।
चार कोठे सो विद्यालय भवन ४५ लाखको लागतमा निर्माण हुने कुरा जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसन सहनीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा उपप्रमुख मंजू देवी साह, वड़ा अध्यक्षहरु शिव शंकर कुमार राय , मदन चौधरी, कार्यपालिका सदस्य राम पदार्थ साह, पालिकाको योजना अधिकृत राजेश शर्मा, शिक्षा संयोजक चन्देश्वर साह, इन्जिनियर बिमलेश साह, प्रहरी चौकी धिरापुरका प्र.स.नि. विकल न्योपाने, विद्यालयका प्रअ दिनेश मण्डल, मुसाफिर सहनी, जोगेन्द्र साह, बिजय साह, इंद्रजीत साह , हरिश्चन्द्र साह लगायतकाहरु सहभगि रहेको थियो ।