महोत्तरी- गौशाला नगरपालिकामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
'लैङ्किक समानताको बलियो अधिकार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको बिस्तार' मुल नाराका साथ यो दिवस मनाएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै उपमेयर रेणु महतोले महिलाको दुश्मन महिला नै भएको बताउँदै उनले महिलाहरु नै गर्भमा छोरी भएको खबर सुन्ना साथ भ्रूण हत्या गर्न रतिभर पछि नहटि भ्रूण हत्या गरेको सबैमा सर्वादित नै रहेको बताईन् ।
उनले छोरा भन्दा छोरी कम नरहेकोले त्यस्ता गलत मानसिकता हटाई छोरीलाई
छोरा सरह लालन पोषण गर्नमा जोड दिइन् ।
महिला अहिले पाईलट देखी राष्ट्रपति,मंन्त्री,उपमेयर जस्ता धेरै पदहरुमा पुगी देश र समाजलाई सेवा गरिरहेकी ज्वलन्त उदाहरणहरु विगविगी रहेकोले आफ्नो अधिकारको लागी अघि बढन समेत उनले जोड दिईन् ।
गौशाला नगरपालिका उपमेयर रेणु महतोको अध्यक्षतामा सम्पन कार्यक्रममा महिला अधिकारकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, महिला संजालका सदस्यहरु, स्वंमसेविका र भानुभक्त बोर्डिङ स्कुलका बालवालिकाहरुले महिला हिंसा सम्बन्धि विभिन्न जनचेतनामूलक नाटक,गीतसंगीतको माध्यमबाट महिला प्रति भएको हिंसाको बारेमा प्रस्तुति दिएका थिए ।
प्रत्येक वर्ष फाल्गुन २४ गते नारी दिवस मनाउनु पर्ने भएकोले यस पटक भन्ने २४ गते तराई होली पर्न गएकोले फाल्गुन २२ गते नै सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक अस्मिता शर्माले बताईन ।
कार्यक्रममा गाैशला नगरपालिकाका पूर्व उपमयेर आशा लामाले महिला अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेको बताइन् ।
सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेको बताईन र त्यस आन्दोलन धेरैले ज्यानको आहुति दिएको लामाले बताईन ।
राज्यले ३३ प्रतिशत महिलालाई अधिकार दिए पनि व्यवहारमा भने लागु हुन नसकेको ज्वलन्त उदाहरणहरु प्रयाप्त भएकोले राज्यले यसलाई व्यवहारमा लागु गर्न कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।