
धनुषा- क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघले नगरपालिका भित्रका जनतालाई दिनु पर्ने आकस्मिक सेवा सुविधा र साधन श्रोतलाई अबिलम्ब संचालनमा ल्याउन माग गरेको छ।
संघका अध्यक्ष सुरेश यादव सहितको टोलीले क्षीरेश्वरनाथ नगरपालिका मेयर सुखदेव यादवलाई आज एक ज्ञापन पत्र बुझाउँदै नगरपालिकाको वारुण यन्त्र र एम्बुलेन्स सेवा समेत ठप्प रहेको तथा स्थानीय सरकार यस प्रति मौन देखिएकोले ध्यानाकर्षण गराएको छ।
गए राती क्षीरेश्वरनाथ नगपालिका ५ महेन्द्रनगर स्थित न्यू कृष्णा फर्निचर उद्योगमा आगलागि भई लाखौंको क्षति भएको छ।
सखुवा रोडमा रहेको उत्त फर्निचर उद्योग तथा शो रुममा भएको आगलागीबाट फर्निचर उद्योग रहेको घर, तयारी अवस्थामा रहेको फर्निचरका सरसमान, प्लाई, काठहरु पूणर् रुपमा जलेर नष्ट भएको छ ।
स्थानीय महेश शर्माले संचालन गर्दै आएको सो फर्निचरमा आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको संचालक शर्माले जनाएको छ।
फर्निचरमा आगलागि भएपछि नगरपालिकाको महेन्द्रनगर कै ईलाका प्रहरी कार्यालय अगाडी पार्किंग गरी राखिएको वारुण यन्त्र आगलागी नियन्त्रणका लागि काम लागेन । पछि मिथिला नगरपालिकाबाट आएको वारुण यन्त्र तथा नेपाल सेनाका श्री श्रीनाथ गणका सेना जवान, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
यस अघि पनि महेन्द्रनगर बजारमा संजिव चौधरीको किराना पसल र हिरा ईलेक्ट्रिोनिक समेतमा आगलागी भई ठूलो परिमाणमा क्षति भएको अवस्थामा नगरपालिकाको वारुण यन्त्र प्रयोग विहिन साबित भईसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
यसरी पटक-पटक नगर क्षेत्रभित्र आगलागीको घटना भई व्यवसायीहरुल ठूलो परिमाणमा क्षति व्यहोरी रहेपनि नगरपालिकाको वारुण यन्त्र र एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा ठप्प रहेको तथा स्थानीय सरकार यस प्रति मौन देखिएकोले यस नगरपालिकको आकस्मिक सेवा सुविधा र साधन श्रोतहरुलाई अविलम्ब सञ्चालनमा ल्याई सम्पूणर् उद्योगी, व्यापारी तथा नगरवासीहरु प्रति उत्तरदायी भई निज पिंडितको क्षतिपूर्ति समेत उपलब्ध गराई सेवा प्रदान गरि दिन वाणिज्य संघले माग गरेको छ।
संघले स्थानीय सरकार आफ्ना नागरीक प्रति जिम्मेवार नभए विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने जनाएको छ।