बर्दिवास नगपालिकाले भूमि वर्गीकरणलाई कार्य टुंग्याएको छ । नेपाल सरकारले विभिन्न १० क्षेत्रमा भूमि बर्गिकरण गर्नु पर्ने मापदण्ड अनुसार नगरपालिकाले मधेस प्रदेशमा नै पहिलो पालिकाको रुपमा भूमि वर्गीकरण टुंग्याएको मेयर प्रहलाद क्षेत्रीले दाबि गरेका छन् ।
अब नगरपालिकाको यस निर्णयले रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयमा फुकुवा हुने भएको छ। स्थानियले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न नगरपालिकासित माग गर्दै आएको थियो ।
मेयर क्षेत्री जग्गा वर्गीकरणको निर्णय भइसकेको बताउँदै उनले भने, ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको पौने ८ धुर जग्गा कित्ताकाट हुने यथावत रहेकोछ ।’ उनले कृषि क्षेत्रको जग्गा २ कठ्ठा भन्दा कम्तीको कित्ताकाट नहुने बताए ।
जग्गा वर्गीकरण गरिएको निर्णय आइतवार नापी र मालपोत कार्यालय लगायतका निकायहरुमा पठाइने मेयर क्षेत्रीले जानकारी दिए।
ऐनमा स्पष्ट व्यवस्था नभएका कतिपय विषयमा भू–उपयोग परिषद्ले निर्णय गर्न सक्ने बताइएको छ । भू-उपयोगमा कुनै समस्या देखिए नगरपालिकाको कार्यपालिकाले निर्णय गरी समाधान गर्नसक्ने बताइएको छ।
जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो जसले गर्दा जग्गाको बेचबिखन समेत रोकिएको थियो नगरपालिकाले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा अत्यधिक तीव्रता आउने सम्भावना बढेको छ ।
बर्दिवास नगरपालिकाले वर्गीकरण टुंग्याए पनि मधेस प्रदेशका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।