महाेतरी- महोत्तरीको छुट्टाछुट्टै ठाउँमा भएको आगलागीवाट २५ लाख वरावरको क्षती भएको छ ।
जिल्लाको गौशला नगरपालिकास्थित वडा न.५ मा रहेको एउटा मोबाइल पसल र बर्दिबास नगरपालिका वडा न.३ मा रहेको कुखुरा फार्ममा आगलागी हुदा २५ लाख वरावरको क्षती भएको प्रहरीले जनाएको छ ।
नेवार डाडा कामिडाडा सामुदायिक वनमा एक्कासी लागेको आगलागीले नमुना बस्ती स्थिर सुरेश बस्नेतको खरले छाएको घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
खोरमा कुखुरा नरहेको र ५ लाख बरावरको पलाष्टिक र खोर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगरि गौशाला स्थित दिपेन्द्र साहको सेन्टरमा बिधुत सर्ट भइ आगलागी हुदा २० लाख वरावरको नोक्सान भएको छ ।