
जनकपुरधाम- जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कार्यवाहक प्रमुख विनोदकुमार कर्णले पदबाट राजीनामा दिएका छन् ।
स्वतन्त्र विद्यार्थी (स्ववियु)को निर्वाचन नजिकिएसँगै कार्यवाहक प्रमुख कर्णले पदबाट राजीनामा दिएका हुन् ।
कर्णले कार्यविधि बिना काम गर्न असम्भव रहेकोले आफूले राजीनामा दिएको बताएका छन् ।

उनले कार्यविधि निर्माण गर्ने अधिकार पनि आफूसँग नरहेको अवस्थामा आफू स्ववियु निर्वाचन गर्न असमर्थ रहेको भन्दै आफूमाथि बिद्यार्थीले दबाबसमेत दिंदै आएको बताए ।
कर्णले विश्वविद्यालयमा सहायक क्याम्पस प्रमुखसमेत नरहेको र कर्मचारी अभावका कारण काम गर्न धेरै कठिनाई भइरहेको गुनासोसमेत सुनाएका छन् ।
कर्णले पेश गरेको राजीनामा पत्रमा उनले आफ्नो स्वास्थ्य अवस्था अनुकुल नरहेकोले पदबाट राजीनामा पेश गरेको उल्लेख गरेका छन् ।उनले सहायक क्याम्पस प्रमुखको पद पनि समाप्त हुने गरी स्वीकृति गरी पाउन अनुरोध गरेका छन् ।