महोत्तरी - मौसम परिवर्तन संगै औरही नगरपालिका लगायत महोत्तरीको अन्य स्थानिय तहमा समेत लामखुट्टे आतंक बढेको छ । औरही नगरपालिका लगायत ग्रामिण भेगको दक्षिण तथा सीमा क्षेत्रको स्थानिय तहहरुमा लामखुट्टे आतंक बढेको स्थानीयहरुले वताएका छन् ।
स्थानियहरुका अनुसार महोत्तरीको औरही नगरपालिका,गौशाला नगरपालिका,जलेश्वर नगरपालिका,भंगहा नगरपालिका,रामगोपालपुर नगरपालिका लगायत १५ वटै पालिकाहरुको ठाउँमा लामखुट्टेहरुको विगविगी बढेको हो ।केही दिन यता लामखुट्टे आतंक बढे पनि सम्बन्धित सरकारको ध्यान पुग्न नसकेको स्थानियहरुले गुनासो गरेका छन् । लामखुट्टेका कारण दिनमा समेत आफ्नो घर र कार्यालय भित्र बस्न नसक्ने अवस्था रहेको स्थानियहरुको भनाई छ ।
लामखुट्टे धपाउन औरही नगरपालिकाले विगतको समय समयमा किटनाशक औषधी छर्ने काम गरे पनि केहि समय यता त्यो पनि नगरेका कारण लामखुट्टे आतंक बढेको नगरवासीहरु वताउँछन् ।
केही समय यता महोत्तरीको ग्रामिण भेगहरुमा पनि लामखुट्टेको संख्यामा वृद्धि हुने थालेकोले अन्य स्थानिय तहमा पनि लामखुट्टे धपाउन किटनाशक औषधी छर्नु पर्ने देखिन्छ। स्थानिय तहहरु संग त्यो गर्न सक्ने अधिकार रहेकोले लामखुट्टे धपाउन औषधी छर्नु पर्ने ग्रामिण भेगका गाउँ तथा नगरवासीहरु वताउँछन् ।
लामखुट्टे आतंक बढे संगै डेङ्गुको विरामी समेत बढन थालेकोले समय मै सवधानी अपनाउन जरुरी रहेको उनीहरुको भनाई छ ।