काठमाडौैं- सत्ता साझेदार दलबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र सोमबार सरकारले लिने विश्वासको मतमा सकरात्मक सहमति बनेको छ । शनिबार बालुवाटारमा सम्पन्न सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति बनेको हो ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताएका हुन् ।
उनले बैठकमा आईतवार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भएको बताए ।
उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो । भोलि संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो ।’ उपसभापति खड्काले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बारेमा पनि छलफल भएको बताए ।