महोत्तरी — नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत लक्ष्मीनायारायण विध्यापिठ मटिहानी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)को प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा लोविसंका सर्वेश कुमार झासहित लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको प्यानलनै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा झा ७१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका भुपेन्द्र कुमार झाले ५९ मत प्राप्त गरे ।
सचिवमा लोविसंका गौतम कुमार मण्डल ६४ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेविसंघका जितेन्द्र साहले ४६ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा लोविसंका रोहन कुमार मिश्र ७५ मत प्राप्त गरी विजयी भए ।
सदस्यहरुमा लोविसंकै सपना कुमारी ओझा, अन्जनी कुमारी, पुजा ठाकुर, त्रिपुरारी झा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्लाभर स्ववियु निर्वाचन भएको एउटै लक्ष्मीनारायण विद्यापिठको निर्वाचनमा १ सय ५५ मतदाता थिए । मतदानमा जम्मा १ सय ३६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।