
ढल्केवर- धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको २८औं वार्षिक साधारणसभा समारोह सम्पन्न भएको छ।

"आत्मालाई साक्षी राखी मन वचन र कर्मले सेवा गरौं" भन्ने उद्देश्य राखी स्थापना भएको हिमालय युवा क्लबको साधारणसभा शनिबार भव्यताको साथ मनाइएको छ।

हिमालय युवा क्लब का अध्यक्ष शिवराम महतोको अध्यक्षता र मधेस प्रदेश सरकारका प्रदेश सांसद हरिनारायण महतो र मधेस प्रदेश सरकारका पूर्व मन्त्री एवम् प्रदेश सांसद शत्रुधन महतो को प्रमुख आतिथ्यमा कल्बकै प्राङ्गणमा साधारण सभा मनाइएको हो।
साधारण सभाको उपल्यक्षमा रक्तदान कार्यक्रम समेत गरिएको छ। रक्तदान कार्यक्रममा जम्मा २१ जनाले रक्तदान गरेको कुरा क्लबका सचिव शिवकुमार सिंहले बताउनुभयो।

साथै साधारण सभा कै उपल्यक्षमा मिथिला नगरपालिका वार्ड नं-२ मा उत्कृष्ट भएका २ जना विधार्थीलाई नगद रु. ५०००-। नगद प्रदान गरिएको छ।
अधिवक्ता डा.कालेश्वर महतोले आफ्नो आमाबुबाको स्मृतिमा प्रदान गर्दै आइरहेको जगिया जैलाल स्मृति शिक्षा पुरस्कार अन्तर्गत मिथिला नगरपालिका वार्ड नं -२ मा बसोबास गरिरहेको विधार्थीहरु मध्ये बाट सबैभन्दा बढी अंक ल्याएर २०७८ सालको SEE परिक्षामा उत्तिर्ण हुने छात्र तर्फ कृष्ण महतो र १ छात्रा तर्फ विनिता महतोलाई रु.५०००-। अक्षरेपी रु.पाँच हजार नगद प्रदान गरिएको छ।

शिक्षा, स्वास्थ्य ,खेलकुद , रोजगार आदिको क्षेत्रमा काम गर्दै आएको हिमालय युवा क्लबले समाजमा सकरात्मक परिवर्तन ल्याएको र यसले गर्दा आमजनसमुदायलाई फाइदा पुर्याएको प्रति उपस्थिति वक्ताहरुले कल्बको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं -२ का वाडा अध्यक्ष बिहारी महतो, हिमाल युवा क्लबका पुर्वअध्यक्ष एवम् संरक्षक अरुण कुमार महतो, हिमालय युवा क्लबका उपाध्यक्ष विनोद महतो, अधिवक्ता डा.कालेश्वर महतो, जनता मावि नक्टाझिजका विधालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतो लगायत समाजसेवी बुध्दिजिवि को उपस्थिति रहेको थियो।