
निरन्जन कुमार साह,महोत्तरी - बर्दिवास नगरपालिका वडा न. १३ बिजलपुरामा स्वस्थ्य कर्मिलाइ सरुवा गरेकोले जनसमुदायले बिरोध प्रदर्शन गरेका छ्न।

बिगत २ बर्ष देखि बिजलपुरा स्वस्थ्य चौकीमा हे.अ. उदय कुमार यादव जनसमुदायमा सेवा दिदै आइरहेकोमा अचानक चौलिखा सरुवा भएपछी जनसमुदाय आक्रोसित भएका छन । यादव बिरामीको राम्रोसँग रेख देख गरेको र आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि उपलब्ध हुने भएकोले उनको सरुवा खारेजीको माग गर्दै आइतबार १२ बजे तिर सैयो को संख्यामा वडा अध्यक्षको बिरोध गर्दै वडामा प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्षले आफ्नो मनमानी गरेको र आफ्नो नातेदारलाइ अग्रता दिएको साथै बिद्यालयमा शिक्षाको अबस्था गुणस्तरहिन बनाएकोले २५ जना बिद्यार्थी बाहिर पढन जान बाध्य भएको जनमत पार्टीका नगर सचव महिन्द्रा महतोले टिप्पणी गरे ।

त्यस्तै माऔबादी पार्टीको वडा संयोजक धनराज लामाले सरुवा खारेज नगरेमा अझै कडा रुपमा आन्दोलन गर्ने बताए राम्रो काम गर्नेलाई सरुवा नगरेर प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
