
बर्दिवास -एनएमबी बैंक र गाैतम होटेल, बर्दिवास बीच नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुलाई विशेष छुट हुने सम्झौता गरिएको छ।
उक्त सम्झौता अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई खाना र आवासमा १५ प्रतिशत प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्झौतापत्रमा गाैतम होटेलका मेनेजर राजकुमार दाहाल र एनएमबी बैंकका एरिया मधेस प्रदेश प्रमुख कमल पोखरेल, सिनियर एरिया मेनेजर मिथिलेस कुमार झा र बर्दिवास शाखाका प्रबन्धक आदित्य भट्टराईले हस्ताक्षर गरेका छन्।
चैत्र १४ गते गरिएको सम्झौता अनुसार अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको जनाएको छ। यो सम्झौता अवधि एक वर्षको लागि हुने छ।
छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाइट को ‘एनएमबी भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
यस सम्झौताबाट नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते लाई लक्षित पर्यटकहरुलाई विशेष फाइदा पुग्ने विश्वास होटेलका मेनेजर दाहालले व्यक्त गरे ।