
सर्लाही - सर्लाहीको सिमावर्ती क्षेत्र धनकौल पुर्वारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वा नगरपालिका–३ धनकौल पुर्वारीस्थित भित्री सडकमा बिहीबार ना३४प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न सकेको छैन । पहिचान खुलाउने काम भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनकाअनुसार तीव्रगतिमा हुँइकिँदै गरेको मोटरसाइकल मोडमा अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिन्छ । उनले दुर्घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।