महोत्तरी – बर्दिबास-११ स्थित खयरमारा बस्ने ३४ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारबाट बालिका गर्भवती भएपछि मात्र आमाले थाहा पाएपछि घटना बाहिर आएको हो ।
घटना सार्वजनिक भएपछि बलात्कार आरोपी फरार भएका छन् ।



पीडितकी आमाले आफू नभएको मौका छोपी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको बताइन्। पीडित वालिकाकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भएको बताइन् ।
‘छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान्को पो रहेछ,’ आमाले भनिन् ।
अहिले पीडित वालिकालाई खयरमारा बजार स्थित आफन्तकोमा राखिएको छ ।
बलात्कार आरोपी पुरुषको एक छोरा र दुई छोरी छन् । पीडित बालिका जेठी छोरी हुन भने अन्य दुई जना सानै छन् ।
आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो ।
विवि इटाभट्टामा काम छोडेर सपरिवार असोज तिर काम कै खोजीमा भक्तपुर पुगेको थिग्यो । श्रीमान् र श्रीमति (पीडित बालिकाको बुवा आमा) दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहिँ सन्चो भएन भन्दै बुवा घरमै बस्थे अनि आमा एक्लै काम गर्न जान्थिन् ।
कुरो कात्तिक महिनातिरको हो । आमा माइत गएकी थिइन् । पीडित वालिकाको अनुसार ‘मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक-पटक करणी गर्नुभयो ।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन् ।
काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको आमाले बताइन् ।
महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने आमाको काकाको ७ मंसिरमा मृत्यु भयो । अनि काकाको क्रिया बार्न आमा २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यहि बेला छोरीलाई बलात्कार गरेको रहेको छ, आमाले सुनाईन् ।
पटक पटकको बलात्कार पछि छोरीले वाकवाकी गर्ने र खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो ।
आमाको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यस्लाई टार्दै आइन् ।
असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उनले मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो ।
पीडित वालिकाले पनि आमा महोत्तरी आएको बेला पटक पटक बलात्कार गरेको बताएकी छन् ।
यता आफ्नै छोरीमाथि निच हर्कत गर्ने श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा आमा अहिले चिन्तित्त छिन् ।
घटनाको विषयमा उनीहरूले स्थानीय सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
कम उमेर कि वालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमाले निक्कै चिन्ता ब्यक्त गरिन् ।
घटना निक्कै जघन्य भएकाले वालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडी नपर्ने मानवअधिकार आयोग मधेश प्रदेशकी प्रमुख मन्जु खतिवडाले बताउनुभयो ।
बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रकाश मल्लले बताउनुभयो।
वालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले वालिकाको अवस्था बुझिरहेको बताउनुभयो । उहाँले पीडित पक्षबाट उजुरी लिने तयारी गरिएको समेत बताउनुभयो।
आफूलाई बलात्कार गर्ने वुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित बालिकाले बताएकी छन् । ‘रातभरी पिटेर बलात्कार गर्थे उनी मेरा वुवा हुन नै सक्दैनन्,’ बालिकाले भनिन् ।




