
महोत्तरी । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय कि मुस्कान किन्नरको मनोकामना पुरा भएपछि जलेश्वरनाथ महादेवको शरणमा पुगिन उनले जलेश्वरनाथ महादेवलाई ३० किलोको घण्टा चढाएकि छिन । आफ्नो मनोकामना पुरा भएकोमा जलेश्वरनाथ महादेवलाई नमन गर्दै उनले श्रद्धा अर्पण गर्दै घन्टा चढाएकि हुन ।
शुक्रवार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका आफन्तहरुसंगै घन्टा सहित नगर परिक्रमा गर्दै मुस्कानले मन्दिरका पुजारीलाई घन्टा हस्तान्तरण गरिन । उनले जलेश्वर नगरपालिकाले घन्टा लगाईदिने आश्वासन दिएको बताउदै नगरपालिकाले सो नलगाईदिए आफैले घन्टा स्थापना समेत गरिदिने संचारकर्मीहरुलाई बताईन । महादेव मन्दिर प्रांगणमै रहेको धर्मशालामा एक कार्यक्रमको आयोजना गर्दै मुस्कान किन्नरले जलेश्वरबासीले आफु र आफ्नो समुदाय प्रति देखाएको सदभाव प्रति समेत आभार व्यक्त गरिन ।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजले अपमानित र अपहेलित गर्ने गरेकोमा जलेश्वरमा आफुले मायामात्र पाएको बताईन । उनले आफूले पाएको मायाकै कारण जलेश्वरनाथ महादेवलाई घन्टा चढाउने हिम्मत समेत पाएकि बताईन। यो भन्दा अगाडी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट यसरी खुल्ला रुपमा कुनै सामग्री वा नगद चढाइएको स्मरणमा नरहेको स्थानियहरुको जब मुस्कानको भनाई मुस्कान भन्छिन, भगवानले महिला, पुरुष वा तेस्रो लिंगिमा भेदभाव गर्दैन। समाजले भेदभाव गरिदिनु हुदैन । कोहि यौनिक तथा लैंगिक अल्पसंख्यक आफुले चाहेर बन्दैन ।
प्रकृतिले नै बनाईदिएको हुन्छ। " करिव दर्जनको संख्यामा उनको कार्यक्रममा पुगेका संचारकर्मीहरुलाई मुस्कानले माना र गमछा लगाईदिएर सम्मान गरिन । मुस्कान आफ्नो नामको पछाडी किन्नर लेख्न रुचाउछिन । उनी आफ्नो पहिचान लुकाउन नहुने बताउछिन । समाजमा यौनिक तथा लैंगिक समुदायलाई हेर्ने दृष्टीकोण फरक रहेपनि प्रकृतिले आफुलाई जे बनाइदिएको हो सो पहिचानलाई खुलाउदा गर्व गर्नु पर्ने उनको तर्क छ । मुस्कान विभिन्न व्यक्तिको घरमा नवजात शिशु जन्मदा सोहि घरमा गएर नाचगान गरेर आशिष दिने र सो बापत केहि दक्षिणा लिने कार्य गर्छिन ।