
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम हुने भएको छ । हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.३५० डलर कायम गरिएको छ ।
यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ भने खाना पकाउने ग्याँसको मूल्य यथावत प्रतिसिलिण्डर १८ सय रुपैयाँनै कायम गरिएको छ ।
