
काठमाण्डौं- प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
बिहीवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा रायले अंगीकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरू अझै पनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए।
नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न माग गरे।
‘अंगीकृत र जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकताबाट वञ्चित छ । नागरिकता समस्या कहिले समाधान हुन्छ ? सरकारका हरेक सुविधाबाट वञ्चित छन् । बैंकमा खाता खोल्न, विदेश जान, सिम कार्ड समेत पाएका छैनन्। नागरिकता समस्या अविलम्ब समाधान होस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।
सांसद राय महोत्तरी- ४ बाट निर्वाचित सांसद हुन्।