
काठमाडौं- ‘बहाव’ फिल्म भोलिबाट प्रदर्शनमा आउँदैछ। प्रमोद कँडेल निर्देशित चलचित्रका यो फिल्ममा शालीन छविकी अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका छ।
बुधबार बानेश्वरस्थित एक हलमा आयोजित प्रिमियरमा दर्शकहरू अचम्मित बने एउटा बोल्ड सिनको कारण। फिल्ममा प्रेमीसँग सुरक्षाको झन्डै १८ सेकेन्ड लामो ‘टङ किस’ सीन थियो। कथाको उठान नै यही सीनबाट छ।
स्क्रिप्टमा ‘टङकिस सीन’ ४–५ सेकेन्ड मात्रै राख्ने भनिएको थियो। तर सुटिङका क्रममा दुवै कलाकार मुडमा आइसकेपछि अलिकति लामै भएको निर्माण पक्षका एक जनाले बताए। चलचित्रका निर्देशक कँडेलले भने कथाको मागेको र अनावश्यक दृश्य नभएको जिकिर गरे।
मूलधारका नेपाली चलचित्रमा यस्तो हट सीन दुर्लभ देखिन्छ। बोल्ड भनिने नायिकाहरू पनि यस्ता सीन दिन हत्तपत्ति मान्दैनन्। तर, शालीन तथा भद्र छवि बनाएकी अभिनेत्री सुरक्षाले यस्तो सीन गर्छिन् भन्ने सायदै दर्शकले सोचेका थिए होला। किनी यसअघि उनले कुनै पनि फिल्ममा यस्ता सीनमा अभिनय गरेकी थिइनन्।

यो दृश्यले सेन्सर बोर्डले पनि पास गरेको छ। फिल्मले युनिभर्सल सर्टिफिकेट पनि पाएको छ।
फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिए।
एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए। पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तर्विरोधलाई देखाएको बताए।
कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको निर्माण पक्षले जनाएको छ।