
धनुषा- उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।
उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गरेका थिए।

उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्त रुपमा जानकारी गराएका थिए ।
उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएको बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।