जनकपुरधाम- धनुषा क्रिकेट टिम जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सिरहा क्रिकेट टिमलाई १० विकेटले हराउँदै धनुषा सेमिफाइनलमा पुगेको हो ।
८५ रनको लक्ष्य धनुषाले १० ओभर दुई बलमा बिनाकुनै विकेटको क्षतिमा पूरा गर्यो । धनुषाका हरिशंकर साहले सर्वाधिक ३६ र म्यान यादवले ३० रनको योगदान गरे ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सिरहाले १८ ओभरमा सबै विकेट गुमाएर ८४ रन बनाएको थियो । सिरहाका लागि ओपनर राकेश कामतीले सर्वाधिक १७, शैलेन्द्र साहले १६ रन बनाए ।
धनुषाका लागि कृष्णा कार्की र विशाल सुशलिङले समान चार विकेट लिए । आकाश रोयले दुई विकेट लिए ।
धनुषाका विशाल ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यस अघि शनिबारको पहिलो खेलमा हेटौंडाले रौतहटलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरधाम विजयी भएको हो ।
बिहान भएको पहिलो खेलमा हेटौडाले रौतहटलाई ५ विकेटले पराजित गरेको छ ।
रौतहटले दिएको १०९ रनको लक्ष्य हेटौंडाले १६ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । हेटौडालाई सहज जित दिलाउन गौरव खडाकाले अविजित ५१ रनको अर्धशतकिय पारी खेले । हेटौंडाका लागि सुमन सुनारले १३ र रामनरेश गिरीले १० रनको योगदान गरे ।
रौतहटको बलिङ्गमा आशिक साह र संजय साहले २/२ तथा धर्मेन्द्र साहले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको रौतहट अरविन्द चौधरीको ३६ र धर्मेन्द्र साहको २७ रनको योगदानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रनको स्कोर खडा गरेको थियो ।
रौतहटलाई सस्तैमा समेट्न शुभ कंशकार र रामनरेश गिरीले ३/३ विकेट लिए । त्यस्तै अशिम श्रेष्ठ र विशाल फुयालले १/१ विकेट लिएका थिए ।