
जनकपुरधाम- मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरलाई महेन्द्र राजमार्ग संग जोड्ने सडकको कालोपत्रे गर्ने योजनाको शिलान्यास गरिएको छ ।
हरिहरपुरलाई महेन्द्रनगरसंग जोड्ने सो सडक कालोपत्रे योजनाको शिलान्यास नेपाली कांग्रेसका सह–महाहमन्त्री महेन्द्र यादव, नेकपा एकिकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य शत्रुध्न महतो, मधेस प्रदेशका प्रदेशसभा सदस्य शेषनारायण यादव र मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले संयुक्त रुपमा गरेका हुन् ।
४ सय ५० मिटर लम्बाईको सो सडकखण्डको कालोपत्रेकालागि ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो सडकखण्डको कालोपत्रे गर्ने कार्य चालु आर्थिक वर्षमै सम्पन्न गरिने बताइएको छ । सो सडकखण्ड कालोपत्रेका लागि शहरी विकास मन्त्रालयले बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्षमा सो सडकखण्डलाई क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरसम्म जोड्ने लक्ष्य राखिएको छ ।