
शैलेन्द्र महताे
जनकपुरधाम- कसैलाई देखेपछि उनको मनमा आशाको किरण पलाउँछ । केही सोध्यो भने आँखाबाट आँसुको भेल बग्छ । राम्ररी बोल्न सक्दिनन् । यद्यपी सहयोग पाइन्छ भनेर आफ्नो दुःख पीडा अभिव्यक्त गर्न खोज्छिन् मन्तोरिया देवी राय । सहयोगकै भरमा हस्पिटलबाट घरसम्म पुग्न चाहन्छिन् उनी ।
धनुषाको सबैला नगरपालिका ९ की ३० वर्षीया मन्तोरिया जनकपुरधामको मुरलीचोकस्थित जनकपुर न्यूरो अस्पतालमा माघ १२ गतेदेखि ने भर्ना छिन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घइते भएकी उनको उपचार यसै हस्पिटलमा भइरहेको थियो । चिकित्सकका अनुसार पुर्नजन्मनै पाइकी छन् मन्तोरियाले । तर बाँचेर पनि न त घरकी छन्, न त घाटको । घरमा औषधि खाने गरी फागुन २० गते नै अस्पताले उनलाई डिस्चार्ज गरिदियो ।
अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ । तर अस्पतालको उपचार खर्च झण्डै ९ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालकै एक बेडमा उनको दैनिकी कटिरहेको छ । अस्पतालमै छन् तीन बालबच्चा र वृद्ध ससुराबाको बसाइँ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन ।