
ढल्केबर- धनुषाको वटेश्वर मा मगही साँस्कृतिक जट जटिन तथा लोक नाच प्रतियोगिता सम्पन्न भएको छ।
सलहेस मेलाको उपल्यक्षमा जिल्लाको वटेश्वर गाउँपालिका -१ सोनापुरस्थित मगही मेला समितिको आयोजनामा मगही साँस्कृतिक जट जटिन तथा लोक नाच प्रदर्शन गरिएको थियो।

आफ्नो साँस्कृतिकको संरक्षण र संवद्र्धन को लागि मौलिक नाचगानको प्रचारप्रसारका लागि समाजमा लोप हुन गइरहेको जटजटिन तथा लोक नाचलाई प्रवर्धन गर्न धेरै वर्ष पछि जटजटिन नृत्य प्रतियोगिताको आयोजना गरिएको कुरा मगही भाषा अभियानी एवम् मगही मेला संयोजक फुलगेन मगहीले बताउनुभयो।

प्रतियोगितामा जट जटिन महिला टिमको सहभागिता रहेको थियो। सहभागी भएको टिममध्ये सोनापुर टिम प्रथम, धुमासन टिम द्वितीय र भुचक्रपुर टिम तृतीय भएको छ। बिजेता टिमहरू लाई नगद पुरस्कार दिइएको थियो। विगत दुई वर्षदेखि वटेशवर गाउँपालिका -१ सोनापुर मा मेला लाग्दै आएको छ। सलहेस फुलवारी अर्थात् प्रत्येक वर्ष वैशाख १ र २ गते सोनापुर मा फुल फुल्दै आएको छ।

नयाँ वर्ष र सलहेस मेलाको उपल्यक्षमा प्रत्येक वर्ष वैशाख १ र २ गते तराई-मधेश सहित देशका विभिन्न ठाउँमा मेला लाग्दै आइरहेको छ।