
जनकपुरधाम- नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेविसंघको धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको ‘शिक्षा प्रणालीमा सुधार’ विषयक बिचार गोष्ठीको अवसरमा राराब क्याम्पसको स्ववियु निर्वाचनमा निर्वाचितहरुलाई सम्मान गरिएको छ ।
राराबको स्ववियु सभापती सहित कार्यसमितिको बहुमत पदमा नेविसंघबाट निर्वाचित सभापती मनिष यादव सहित सम्पुर्ण निर्वाचित टिमलाई नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले सम्मान गरेका छन् । निधीले गम्छा लगाएर तथा प्रदेश सांसद रामसरोज यादव र पार्टी जिल्ला सभापती योगेन्द्र पजियारले टिका लगाएर नवनिर्वाचितहरुलाई सम्मान गर्दै बधाई दिए ।
नेविसंघको जित एतिहाँसिक रहेको भन्दै नेता निधीले अव अर्को चुनावमा पुन: सक्रिय हुने काम नगरि अहिले देखिनै शैक्षिक, बौद्धिक र अतिरिक्त क्रियाकलापहरुको आयोजनामा लाग्न आग्रह गर्दै आफु सबै सहयोग गर्ने बताए ।
नेपाल विद्यार्थी संघको संस्थापक धनुषा सचिव र अधिवेशनबाट बनेको पहिलो राष्ट्रिय कार्यसमितिका सभापती समेत रहेका निधीले देशको प्रधामन्त्री, राष्ट्रपति सहितका कांग्रेसका शिर्षनेताहरु, देशका चर्चित नायक नायिका, अधिवक्ता, पत्रकार सहित देशका हरेक क्षेत्रका अगुवा नेविसंघको उत्पादन रहेको भन्दै नेविसंघका नेताहरुलाई राजनिति मात्र होइन आफुलाई मन परेको क्षेत्रमा मन लगाएर अध्यन्न गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, नेविसंघ धनुषा सभापती सुजित यादव सहितकाले शुभकामना मनतब्य राखेका थिए भने कार्यक्रममा कांग्रेस धनुषाका उपसभापती लक्ष्मीनारायण यादव, गणेश झा, सचिव कन्हैया कुमार कर्ण, नेताहरु देवेन्द्र भरखेल यादव सहितको उपस्थिती थियो ।