सर्लाही- लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सबार दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार पुर्व-पश्चिम राजमार्ग सडक खन्ड अन्तर्गतको रानिगन्ज र लालबन्दी बिचमा पर्ने जंगलमा बिहान करिब ७ बजे भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।
पुर्वबाट पश्चिम तर्फ प्रदेस २-०३-००१ ख ८१५ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुबेदिले बताए।
दुर्घटना ज्यान गुमाएका दुबैजनाको सनाखत हुन सकेको छैन। ठक्कर दिने ट्रक र चालक लालबन्दी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बिषयमा गहन रुपमा अनुसन्धान भइरहेको एसपी सुबेदिको भनाइ छ।
पुर्व- पश्चिम राजमार्गको बिच सडक मै दुर्घटना भएको कारण राजमार्ग अवरुद्ध बनेको छ।