
तनहुँ- तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर अग्रता लिएको छ । १० हजार ६३८ मत गणना हुँदा रास्वपाका डा स्वर्णिम वाग्लेले पाँच हजार ९०० मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
बिहान सवा ७ बजे सम्ममा नेपाली काँग्रेसका गोविन्द भट्टराईले दुई हजार ६८७ मत प्राप्त गर्नु भएको छ । एमालेका सर्वेन्द्र खनालले एक हजार ६५७ मत प्राप्त गर्नु भएको छ । उपनिर्वाचनमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता भए पनि ६३ हजार ७ सय ५७ मत खसेको थियो । राती पौन १२ बजे देखि मतगणना गरिएकोमा हालसम्म सात वटा वडाको मत गणना पुरा भएको छ । तनहुँ क्षेत्र नम्बर १ मा ४२ वटा वडा रहेका छन् ।